मनपरी ढंगवाट छात्रवृत्तिको नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीद्वारा गल्ती सुधार गर्न मकवानपुर क्याम्पसललाइ २४ घण्टाको अल्टिमेटम

हेटौंडा / अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक चौथो वर्षको छात्रवृत्ति अनियमित तथा नियम बिपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै छात्रवृत्ति नियमानुसार वितरण गर्न गराउन क्याम्पस प्रमुख डा. शंकर उपाध्यायलाइ ध्यानाकर्षण गराइएको छ l

अनेरास्ववियुले विभिन्न मितिहरुमा क्याम्पस कमिटिको तर्फबाट ज्ञापन-पत्र, ध्यानाकर्षण गराउदा गराउदै पनि मनपरी ढंगवाट छात्रवृत्तिको नामावली प्रकाशन गरेकोमा आज क्याम्पस प्रशासनलाई गल्ति सुधार गर्न र नियमानुसार छात्रवृत्ति उपलब्ध गराउन २४ घण्टाको अल्टिमेटम दिएको छ ।

 

उसले आफ्नो माग पूरा नभए कडा कदम अपनाउन पर्ने र संघर्षको समयमा हुने सम्पूर्ण क्षेतिको क्याम्पस प्रशासन स्वयमले जिम्मेवार रहने चेतावनी दिएको जानकारी अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटि संयोजक आशिष रौनियारले जानकारी दिए l

मुख्य समाचार राजनीति समाचार स्थानीय