मुख्यमन्त्री पाण्डेले कार्तिक २२ गते विश्वासको मत लिने,मन्त्रालयको सख्या १२ वटा पुर्याउने

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्तिक २२ गते प्रदेशसभाबाट विस्वासको मत लिनुहुने भएको छ । पहिला विस्वासको मत लिएर मात्र मन्त्रीपरिषद बिस्तार गर्ने तयारी गर्नु भएको हो ।

तिहार लगत्तै सदनबाट विश्वासको मत लिने बित्तिकै प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पुर्याउने सत्ता गठबन्धनले तयारि गरेको छ।

मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहनु भएको हो ।

माओवादी र कांग्रेसले चार, चार मन्त्रालय र एक, एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ ।

ती

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार