भारतमाथि न्युजिल्यान्डको सानदार जित, उपाधिको दाबेदार भारत समूह चरणबाटै बाहिरिने सम्भावना

आईसिसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो पटक हारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको भने उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

भारतले प्रस्तुत गरेको एक सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको छ । न्युजिल्यान्डका ड्यारिल मिचेलले सर्वाधिक ४९ रन जोडे भने मार्टिन गुप्टिलले २० रन बनाएका थिए ।

कप्तान केन विलियमसन ३३ रनमा अविजित रहे। त्यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १० रनमात्र जोड्न सकेको थियो ।
भारतका अलराउन्डर रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिएका थिए । हार्दिक पान्ड्याले २४ बलमा १ चौका सहित २३ रन बनाएका थिए ।

अन्तराष्ट्रिय खेलकुद समाचार