नेकपा एकिकृत समाजवादी हेटौंडा नगरको आयोजनामा चियापान कार्यक्रम सम्पन्न

हेटौँडा/ नेकपा एकिकृत समाजवादी हेटौंडा नगर कमिटिको आयोजनामा चियापान कार्यक्रम भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नेकपा एस पहिलो पार्टीको बन्ने बताउदैं छोटो समयमा ठुलो फड्को मार्दै अघि बढिरहेको बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य घनप्रसाद गौतम, प्रदेश सदस्य यादव प्रसाद गजुरेल, निर्वाचन कमिटि प्रमुख टिपी रुपाखेती, अखिल नेपाल किसान महासंघ प्रदेश संयोजक होमनाथ चौलागाई, जिल्ला सचिवालय सदस्य रघु आचार्य, नारायण अधिकारी, जिल्ला सदस्य देवराज गौतम, अर्जुन प्रसाद दहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नगर अध्यक्ष ध्रुवकुमार भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो।

मुख्य समाचार राजनीति समाचार स्थानीय