मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा अर्याल, चार सदस्य मनोनित

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको दोस्रो कार्यसमिति बैठकले कोषाध्यक्षमा सन्तोष अर्याललाई मनोनित गरेको छ। यस्तै बैठकले अध्यक्ष सल्लाहकारमा विष्णुप्रसाद (ध्रुव) घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको छ भने सल्लाहकारमा अशोक शाक्य, हिरालाल श्रेष्ठ, श्यामसुन्दर ढकाल, महेन्द्र राउत, सरोज खनाल र नरोत्तम दाहाल मनोनित गर्ने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत पवन कार्कीले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित समितिको सोमबार बसेको दोस्रो बैठकले सदस्य मध्येबाट अर्याललाई कोषाध्यक्ष पदमा मनोनित गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाललाई मनोनित गरेको छ।

बैठकले कार्यसमिति सदस्यमा रवि शर्मा कँडेल र जगदिश दाहाल र आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्णराज कोइरालालाई मनोनित गरेको छ । संघको निर्वाचित सदस्यमध्येबाट महासचिव, सचिव र सहकोषाध्यक्ष चयन गर्न बाँकी नै छ । यस्तै एसोसिएटतर्फबाट एकजना महिला सदस्य पनि मनोनित गर्न बाँकी छ ।

Uncategorized मुख्य समाचार समाचार स्थानीय