हेटौंडा अस्पतालमा पहिलो पटक दुरबिन प्रविधिबाट नाक, कान, घाँटीको शल्यक्रिया

हेटौँडा/ हेटौंडा अस्पतालमा पहिलोपटक दुरबिन प्रविधिबाट नाक, कान, घाँटीको शल्यक्रिया भएको छ । राक्सिराङका १३ बर्षीय एक बालकको दुरबिन प्रविधिबाट शल्यक्रिया भएको हो ।

अस्पतालमा कार्यरत इएनटी सर्जन डा.अनुप सञ्जेल र अनुपम राज उपाध्यायको टिमले यो प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए ।

यो सफलताले अस्पतालको सेवामा थप गुणस्तरीयता आउने र विश्वसनीयता अभिबृद्धि हुने चौलागाईले बताउनुभयो।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य