प्रेस चौतारी मकवानपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौँडा / बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारहरुले सत्यसँग लड्न नहुने तथा असत्य सँग झुक्न नहुने बताए ।

पत्रकारहरुमाथि हुने दण्डहिनताको विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बोल्दै पुर्व मुख्यमन्त्री पौडेलले समाजमा दविएका आवाजहरुलाई बाहिर निकाल्दै आवाज विहिनहरुको आवाज बन्ने क्रियाकलापमा पत्रकारहरुले ध्यान दिनुपर्ने बताउँदै उनले नेपालको हरेक परिवर्तनको आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघमा एसोसियट तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रेस चौतारी मकवानपुरका सल्लाहाकार, ब्रोड कास्टिङ यसोसियसन (बान) का कार्यवाहक अध्यक्ष उज्जवल चौँलागाईलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बागमती प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, पूर्व सामजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश सदस्य भोजराज ढकाल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, प्रेस चौतारी नेपालका बागमती प्रदेश सहसंयोजक प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अन्जली थापा लगाएतको आतिथ्यता रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय