नेशनल लाइफ इन्स्योरेन्स हेटौंडा शाखाले गर्यो पुराना अभिकर्तालाई सम्मान(फोटो फिचर सहित)

१७ कार्तिक २०७८ , हेटौंडा – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले हिजो एक कार्यक्रमको आयोजना गरि पुराना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

शाखा प्रमुख शर्मिला बलामीको अध्यक्षतामा हेटौंडाको कार्यालय हलमा भएको कार्यक्रममा कम्पनीको हेटौंडा शाखाका पुराना अभिकर्ताहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै शाखा प्रमुख बलामीले कम्पनीलाई उत्कृष्ट र जिवन्त राख्न पुराना अभिकर्ताहरुको ठूलो भुमिका रहेको भन्दै आगामी दिनमा अझ उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्नुभएको छ । नेपाल कै पुरानो बिमा कम्पनीको रुपमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक भरपर्दो र विश्वासिलो भएकै कारण धेरै मानिसहरुको रोजाईमा रहेको भन्दै आफू पनि अन्य बिमा कम्पनीबाट यस बिमा कम्पनीमा आएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभिकर्ताहरुले उमेर बढ्दै गएपनी काम गर्ने इच्छाशक्ति अझै नघटेको भन्दै हेटौंडा शाखालाई उत्कृष्ट शाखा बनाउन आफ्नो प्रयास सदैव रहने बताएका थिए । कम्पनीले अभिकर्ताहरुका लागि चाडपर्व लच्छीत विभिन्न योजनाहरु समेत अघिसारेको छ ।

रोचक समाचार