मकवानपुरगढी गाउपालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिताको उपाधि भानुलाई

१७ कार्तिक २०७८,मक्रान्चुली- भानु माध्यमिक विद्यालयको आयोजनामा भएको मकवानपुरगढी गाउपालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिताको उपाधि आयोजक भानु माबिले जितेको छ । आज भएको फाईनल खेलमा भानु माविले वडा नं २ कुर्लेमा रहेको बंशगोपाल माविलाई १२—३ गोल अन्तरले पराजित गरि बिजयी भएको हो ।

प्रतियोगितामा बंशगोपाल मावि द्धितिय र वडा नं १ मा रहेको रानीशेरा माबी तृतिय भएको छ । हिजोबाट सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयका शिक्षक र गाउँपालिका कर्मचारी टिम गरि ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद र ट्रफि , द्धितिय हुनेले ८ हजार नगद र ट्रफि त्यसैगरी तृतिय हुनेले ५ हजार नगद र ट्रफि प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा बेस्ट गोल किपर भानु माविका शिबराम फुँयाल, सर्बाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डर भानु माविकै क्रमशः भरतमोहन देवकोटा र सुमन थिङ घोषीत भएका छन । यसैगरी खेलको उत्कृष्ट खेलाडी वंशगोपाल माविका नवीन भुजेल भएका छन् । प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रदेशको सामाजिक बिकास मन्त्री  मोक्तानले शिक्षा र खेलकुद क्षेत्रको  बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुमागाई, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष अर्जुन दहाल ,जागरण सहकारी संस्था अध्यक्ष कल्पना श्रेष्ठ, रानि सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष बिष्णु न्यौपाने , टोलबिकास संस्थाका अध्यक्ष भिम पाख्रिन , प्रह्लाद चौलागाई , लगायत विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो ।कार्यक्रम भानु माबी विद्यालय ब्यबस्थापन समिति अध्यक्ष मानकुमारी पाख्रिनको अध्यक्षतामा भएको हो ।

खेलकुद मुख्य समाचार रोचक