कक्षा १२ को नतिजा मंसिर १५ भित्र प्रकाशन गर्ने परिक्षा बोर्डको तयारी

काठमाडौं। कक्षा १२ को नतिजा मंसिर १५ भित्र आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएका हुन्।

सदस्य सचिव अर्यालले मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए । उनले भने ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं । सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

मुख्य समाचार समाचार