सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, अरु कुनले तिरे सबैभन्दा धेरै कर ?

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान गरेको छ । सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी परेको छ । निर्यात उद्योगतर्फ शशिरञ्जन डावर नेपालले सर्वाधिक कर बुझाएको छ ।

विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन् । उनी एसियन पेन्टसका प्रमुख हुन् । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढि कर बुझाएको भन्दै सम्मानित भएको छ ।

सहकारी तर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएएको छ । छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान ग्रहण गरेका छन् ।

सेवामा नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ भने पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिरेर सम्मानित भएको छ । भाटभटेनी पनि बढि कर तिर्नेमा परेको छ । हिमाल पावर कम्पनीले पनि सम्मानित भएको छ ।

यता ब्यक्तिगततर्फ सबैभन्दा बढि कर तिर्ने भनेर सिद्धार्थ राणाले सम्मानित भएका छन् । उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका चेयरम्यान हुन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ । बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ ।

अर्थ प्रदेश समाचार मुख्य समाचार