एमालेका सचिव भट्टराई भोलि मनहरी आउदै

हेटौंडा / नेकपा एमालेका सचिव तथा पुर्व मंत्री योगेश भट्टराई मनहरी आउने भएका छन् ।

एमाले मनहरी गाउँपालिका कमिटीको मंसिर २ गते (भोलि) हुने शपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सचिव भट्टराई मनहरी आउने कार्यक्रम तय भएको एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।

गत कात्तिक १३ गते भएको गाउँपालिका कमिटीको अधिवेशनले सुवेदीको नेतृत्वमा ७५ सदस्यीय कमिटी निमार्ण भएको थियो ।

कमिटीको उपाध्यक्षमा मोहन लाल थिङ र सचिवमा पोषकबाबु विष्ट रहेका छन् भने दुई उपसचिव चयन हुन बाँकी रहेका छन् । भोलिको कार्यक्रमा दुई उपसचिव घोषणा गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय