कस्तो छ ई-पासपोर्ट, कसरी काम गर्छ ?

पालमा बुधवारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) लागू भएको छ । त्रिपुरेश्वरस्थित सभाहलमा पहिलो विद्युतीय राहदानी वितरण गर्दै राहदानी विभागले ई–पासपोर्ट लागू गरेको हो । 

सर्वसाधारणलाई जारी गर्ने ई–पासपोर्ट चक्लेटी रङमा हुनेछ । यसअघिको राहदानी हरियो रङमा थियो । ई–पासपोर्ट कस्तो हुन्छ वा कसरी काम गर्छ भन्ने सर्वसाधारणमा चासोको विषय बनेको छ । 

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार ई–पासपोर्टमा पोलिकार्बोनेट चिप र एन्टेना राखिएको छ । ‘त्यो चिप र एन्टेनाको माध्यमबाट मेसिनले पासपोर्ट रिड गर्छ,’ उनले भने, ‘अहिलेको पासपोर्ट पनि बुकलेट नै हो, जहाँ ३४ पृष्ठ हुन्छ । विद्युतीय राहदानी लागू भएसँगै प्रविधिमा ठूलो फड्को मारेका छौं ।’

मुख्य समाचार समाचार