नदिजन्य पदार्थको उत्खनन तथा बिक्रीको विषयमा गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला

१ मंसिर , मक्रान्चुली- गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय नै नगरी त्यस सम्बन्धि प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले मकवानपुरगढी गाउँपालिकाको मुल गेटमा ताला लगाइएको छ । बुधबार नेपाली कांग्रेस मकवानपुरगढी सभापति राजबिर मोक्तानको उपस्तिथिमा कार्यालयमा ताला लगाइएको हो ।

विगत सात/आठ महिना अघि देखि सोही विषयमा अनियमितताको आशंका गरि कांग्रेसले आवाज उठाउँदै आइरहेको छ । पछिल्लो समयमा सोही गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय गरिनुपर्ने तर आफुखुसी गरिएको भन्दै कांग्रेसले गाउँपालिकाको मुख्य ढोकामा र नयाँ बनेको भवनको मुल च्यानल गेटमा ताला लगाइएको कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तानले बताए । पार्टीका नेता तथा तरुण दलका नेताहरुको उपस्थितीमा कार्यालयमा ताला लगाइएको थियो ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई बाहिर निस्कन अनुरोध गर्दै ताला लगाउने क्रममा सभापति मोक्तानले सञ्चारकर्मी समक्ष गाउँपालिकाले गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजेको बताए । तरुण युवाबाट सो राजस्व संकलनमा सहयोग गरेको अवस्थामा पनि आफुखुसी अघि बढेको कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुलाई बायस गर्दै बहुमतले निर्णय गरेको भन्दै गाउँपालिकाको विकासमा ज्यादती गरेकोले आफुहरुले बाध्य भएर ताला लगाउनु परेको उनले बताए ।

यस विषयमा जानकारी लिदाँ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले आफु काठमाडौं कार्यक्रममा रहेको र ५ गते कार्यालय आएपछि सञ्चारकर्मी, सबै राजनितिक दलका प्रतिनिधिहरु राखेर प्रस्ट रुपमा छलफल गरिने बताएका छन् । थप आवश्यक समन्वयको लागि कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई निर्देशन दिइएको अध्यक्ष हुमागाईले बताए ।

यता वडा नं ३ का वडाध्यक्ष तथा गाउँपालिका कार्यपालिकाका प्रवक्ता भागवत घिमिरेले यस अघिकै सर्वदलीय संयन्त्रको निर्णय सहमति अनुसार नै ठेक्का खोलिएको दावी गरेका छन् ।

मुख्य समाचार राजनीति