आफ्नै भाईहरुद्वारा दिदिलाई निर्घात कुटपिट

१ मंसिर,मक्रान्चुली- घरायसी विवाद हुँदा आफ्नै भाईहरुले दिदिलाई निर्घात कुटपिट गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडा निवासी भाईहरु काँशी न्यौपाने र रमेश न्यौपानेले बुधबार दिउँसो आफ्नै जेठी दिदी राधिका तिमल्सिनालाई कुटपिट गरेको उनकी छोरीले बताएकी छन् ।

कुटपिटमा संलग्न दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ । घाइतेको अहिले सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको जनाइएको छ । घटनाको पुर्ण विवरण आउन बाँकी छ ।

मुख्य समाचार