हेटौंडामा रगतको अभाव भएसङ्गै युवाहरुद्वारा आकस्मिक रक्तदान अभियान संचालन, मंसिर ३ गते पदमपोखरीमा रक्तदान कार्यक्रम हुने

 

हेटौँडा / रक्तसञ्चार केन्द्र हेटौँडामा रगतको अभाव भएसँगै राष्ट्रिय युवा संघ नेपाल हेटौँडा १२ र १३ नंबर वडा कमिटिले शुक्रबार पदमपोखरीमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

हेटौंडामा रगतको अभाव भएको जानकारी प्राप्त भए सङ्गै आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय युवा संघ नेपाल हेटौँडा नगद कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो ।
मंसिर ३ गते ( भोली ) पदमपोखरी पार्टी प्यालेमा हुने रक्तदान कार्यक्रममा सबै स्थानीयहरुलाई उपस्थित भै रक्तदान गर्नको लागि उहाले आह्वान समेत गर्नुभएको छ ।

रक्तदान निकै पुण्यको काम भएको भन्दै नगरकोटीले रक्तदान गरेर रगतको अभावबाट ज्यान जानसक्ने मानिसको ज्यान जोगाउनको लागि अनुरोध समेत गर्नुभएको छ ।
पछिल्लो केहि दिनबाट हेटौँडामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहाल, युवा नेता नरेन्द्र भण्डारी, राजेश नगरकोटी लगायतका युवाहरुले आकस्मिक रक्तदान अभियान नै संचालन गरिरहेका छन ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य