विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

काठमाडौँ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका छन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ घर पठाएका थिए । उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेका छन् । वम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए । उनको घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।

कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । उनले भने आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ । विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको छ त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक छ ।

अन्तराष्ट्रिय अर्थ कृषि समाचार परदेश मनोरञ्जन मुख्य समाचार रोचक विज्ञान प्रविधि समाचार समाज