बुद्धिजीवी परिषद मकवानपुरको अध्यक्षमा शर्मा

 

हेटौंडा / नेकपा एमाले निकट बुद्धिजीवी परिषद मकवानपुरको अध्यक्षमा मोहन प्रसाद शर्मा चयन भएका छन् ।

परिषदको शुक्रबार सम्पन्न जिल्ला भेला तथा अधिवेशनले शर्माको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति बनेको हो ।
परिषदको उपाध्यक्षमा घनश्याम घिमिरे र लक्ष्मी गजुरेल, सचिवमा तुलसि रिजाल, सह-सचिवमा मन्दिरा थापा र कोषाध्यक्षमा गोविन्द प्रसाद चौलागाई सर्वसम्मत चयन भएका छन ।

एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य रघुनाथ खुलाल,प्रदेश सदस्य एवं जिल्ला सचिव एकलाल श्रेष्ठ,प्रदेश सदस्य भोजराज ढकाल, जिल्ला सचिवालय सदस्य मदन दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय