नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं २ (क) को सभापतिमा गोपाली निर्वाचित

 

थाहानगर / नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सभापतिमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनको मतगणना परिणाम अनुसार थाहा नगरपालिका उपप्रमुख समेत रहेका गोपालीले ३६९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी सुजन गोपालीले १३२ मत ल्याएका थिए ।

यसैगरी दुई उपसभापतिमा रञ्जन कुमार कठायत र इश्वरी शाही ठकुरी निर्वाचित भएका छन् ।

यसैगरी दुई सचिव पदमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी भएका छन् ।

यसैगरी, दुई सहसचिव पदमा रामशरण गोपाली र सबिता रसाइली विजयी भएका छन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय