नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं १ (ख) को सभापतिमा बानियाँ निर्वाचित

 

हेटौंडा / नेपाली कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ (ख) सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनको मतगणना परिणाम अनुसार हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ का वडा अध्यक्ष समेत रहेका बानियँले १७७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत पाएका छन् ।

उपसभापतिमा विनोद शर्माले १६०, शुक्रराज जोशीले १५६, रिना गौतमले ९३ र सुभाष न्यौपानेले ७६ मत प्राप्त गरेका थिए । जसमा शर्मा र जोशी विजयी भएका छन् ।

सचिवमा गोकर्ण सुवेदीले १८०, प्रदीप कंडेलले १९२ र विक्रम लामाले १०६ मत प्राप्त गरेका छन् । जसमा सुवेदी र कंडेल विजयी भएका छन् ।

सहसचिवमा एक्का बहादुर मोक्तानले १०४, केदार प्रसाद ढोडारीले १८८ र सानुकान्छा दोङले १९३ मत प्राप्त गरेका छन् । जसमा ढोडारी र दोङ विजयी भएका छन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय