गाउँपालिका कार्यालयमा कांग्रेसले ताला लगाएको प्रती आपत्ति जनाउँदै एमालेले गर्यो भर्त्सना

५ कार्तिक, मक्रान्चुली- नदिजन्य पदार्थ उत्खनन र बिक्रीका विषय उठाउँदै गाउँपालिका कार्यलयमा कांग्रेसले गरेको तालाबन्दी प्रती एमाले मकवानपुरगढीले आपत्ति जनाउँदै त्यस कामको भर्त्सना गरेको छ ।

नेकपा एमाले मकवानपुरगढी गाउँकमिटिको गत शुक्रबार बसेको प्रथम बैठकले नदिजन्य पदार्थ उत्खननको विषय राखी नेपाली काङ्ग्रेस पार्टीद्वारा गरिएको तालाबन्दी निन्दनीय ,अप्रजातान्त्रिक कदम भएको ठहर गर्दै सो निन्दनीय कार्य प्रती एमाले मकवानपुरगढी गाउँकमिटीले घोर भर्त्सना गरेको छ। साथै तालाबन्दीको सिलसिलामा एमालेको नाम जोडेर गरिएको नाराबाजी प्रति सिङ्गो पार्टीको ध्यानाकर्षण भएको भन्दै सामाजिक संजाल फेसबुक मार्फत गाउँकमिटी सचीव नानीराम तिमल्सिनाले बैठकको निर्णय सार्वजनिक गरेका छन् ।
गाउँपालिका कार्यालयमा लगाइएको ताला भने सोही दिन पालिका कर्मचारीहरुको रोहवरमा प्रहरीले खोलेको थियो ।
सो बैठकले पार्टीको आन्तरिक कामको विभिन्न योजनाहरु तयार पारेको छ।

मुख्य समाचार राजनीति