अग्रणी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भए दाहाल

५ कार्तिक, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ खोपेगल्लीस्थित अग्रणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा भुपाल दाहाल चयन भएका छन् । सहकारीको शनिवार सम्पन्न १० औँ वार्षिक साधारणसभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

त्यस्तै संचालक समितिको उपाध्यक्षमा रामहरि न्यौपाने, सचिवमा धु्रवप्रसाद सञ्जेल, कोषाध्यक्षमा राजकुमार तिमल्सिना चयन भएका छन् । समितिको सदस्यहरुमा पध्माकुमारी पौडेल, पवन अग्रवाल, इन्द्रप्रसाद ढुंगेल, रुपक चौँलागाई, नारायण खतिवडा, प्रकाश कृष्ण श्रेष्ठ र विष्णुप्रसाद चौरेल चुनिएका छन् ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि देवकोटाले नयाँ संचालक समितिलाई बधाई ज्ञापन गर्दै जिल्ला सहकारी संघको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

समाचार सहकारी