मैले अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिसकेको छैन’ : ओली


काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी बन्ने वा नबन्नेबारे अहिले निर्णय भइनसकेको बताए ।
आज एक कार्यक्रममा ओलीले सम्पादकसँग कुरा गर्दै सो बताएका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले समझदारी, सहमति र एकता पार्टीको लागि महत्वपूर्ण भएको जानकारी दिए ।

एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर चुनौति नदिएको समेत बताए । अध्यक्ष ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै सहमतिका नाममा कसैलाई करकाप नगर्ने समेत भनाइ राखे ।

मुख्य समाचार राजनीति समाचार