माओबादी केन्द्रको नगर सम्मेलनको उद्घाटनका लागि माओबादी नेता पोखरेल थाहानगर आउदै

 

थाहानगर / नेकपा माओबादी केन्द्र थाहा नगर कमिटिको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि माओबादी केन्द्रका नेता लिलामणी पोखरेल थाहा नगर आउने भएका छन् ।

माओबादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत येहि मंसिर ११ गते हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलन अन्तरगत थाहा नगर सम्मेलनको प्रमुख अतिथिको रुपमा स्थायी कमिटि सदस्य तथा बिशेष प्रदेश इन्चार्ज समेत रहेका पोखरेल थाहा नगरपालिका आउन लाग्नुभएको हो ।

थाहा नगरको जेसीज हलमा हुने सम्मेलनको तयारी भइरहेको नगर अध्यक्ष अरुण रायमाझीले बताउनुभयो ।
सम्मेलनले आगामी दुई बर्षको लागि ६५ सदस्यीय नेतृत्व चयन गर्नेछ । सम्मेलनले ५९ सदस्यीय नगर कमिटिको निर्वाचन गर्नेछ भने थप ६ जना सदस्य नगर कमिटिले मनोनित गर्नेछ ।

सम्मेलनमा समाबेशी किसिमले वडाहरुबाट प्रतिनिधि २ सय जना, नगर सम्मेलन आयोजक कमिटी ८१ जना गरि २ सय ८१ जना प्रतिनिधि र ६० जना पर्यवेक्षकको सहभागी हुने नगर अध्यक्ष रायमाझीले बताउनुभयो ।

माओबादी केन्द्रको बिधानमा हरेक कमिटिमा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र युवा २० प्रतिशत सहभागिता अनिवार्य गरेको छ । पार्टीको बिधान अनुसार नगर कमिटि गठन हुने थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टले बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय