एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

 

हेटौंडा / नेकपा (एमाले) का युवा नेता, मकवानपुर क्षेत्र नम्बर १ का संघीय संसद तथा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटी सदस्य (खुल्ला) मा उम्मेदवारी घोषणा गरेका छन् ।

मकवानपुर जिल्लाबाट दाहालले निरन्तर ३ पटक चुनाव जितेका नेता हुन । नेता दाहालले तिनै पटक राप्रपा अध्यक्ष कमल थापालाइ पराजित गरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।

मकवानपुरमा बिकासप्रेमी नेताका रुपमा दाहाल परिचिर रहेका छन् । एमालेमा रहेर दाहालले पार्टीको जिल्ला कमिटीको प्रमुख देखि केन्द्रसम्म काम गरिरहेका नेता हुन ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा एमालेको १०औं राष्ट्रय महाधिवेशमा केन्द्रय सदस्यमा उम्मेदवारी दिएका हुन ।

मुख्य समाचार राजनीति समाचार स्थानीय