एक घर, एक पाहुना बोलाई एमाले माहाधिवेशनलाई भव्य बनाउन चितवनवासीलाई पुर्व संचारमन्त्री गुरुङको आग्रह

काठमाण्डौ । नेकपा एमालेका नेता पार्वत गुरुङले चितवनमा हुन गइरहेको दशौं महाधिवेशनको उद्घाटन सत्रमा टाढा टाढाबाट आउने जनसमुदायका लागि चितवनवासी नेकपा एमालेका सम्पुर्ण कार्यकर्ता तथा शुभेच्छुकहरुलाई “एक घर, एक पाहुना” आमन्त्रण गरी उच्च कदरभावको प्रदर्शन गरिदिन अनुरोध गर्नु भएको छ ।

पुर्व संचारमन्त्री समेत रहनु भएका नेता गुरुङले आज सामाजिक संचाल मार्फत चितववासीहरुलाई एक घर बराबर एक पाहुना बोलाएर महाधिवेशनलाई भव्य बनाउन आग्रह गर्नुभएको हो । उक्त संस्कार र सोचले नै पार्टी निर्माणको बलियो आधार तयार हुने उहाँको धारणा छ ।

मुख्य समाचार राजनीति स्थानीय