गाउँ अधिवेशनको पुर्वसन्ध्यामा मकवानपुरगढीमा माओवादी केन्द्रको मोटरसाइकल र्‍याली

१२ मंसिर,मक्रान्चुली- नेकपा माओबादी केन्द्रले पार्टीको मकवानपुरगढी गाउँपालीकाको प्रथम गाउँ अधिबेशनको पुर्ब सन्ध्यामा आईतबार  मोटरसाईकल र्‍याली गरेको छ ।मकवानपुरगढी ४ रुद्रबाटिका बाट सुरु भएको मोटर साईकल र्‍याली मकवानपुरगढी गाउँपालीकाको मक्रान्चुली, सिखरकटेरी डुम्रेकुना ,आमभञ्ज्याङ हुदै सामरी पुल पुगेर समापन भएको थियो ।

र्‍यालीमा माओबादी केन्द्र बागमति प्रदेश सदस्य भिम पाख्रिन ,नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका ईन्चार्ज मानकुमारी पाख्रिन , नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्का लगायत नेता कार्यकर्ता तथा वाईसिएल कार्यकर्ताको  सहभागिता रहेको थियो ।

नेकपा माओबादी केन्द्रको पालिका अधिबेशन अन्तरगत मकवानपुरगढी गाउँपालीकाको पहिलो गाउँ अधिबेशन मसिंर १३ गते मध्यान्ह १२ बजे गढी ४ रुद्र बाटिकामा हुदै छ । माओबादी केन्द्र मकवानपुर ईन्चार्ज तथा बागमति प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा हुने अधिबेशनको तयारी पुरा भएको गाउँपालीका अध्यक्ष राजकुमार खड्काले जानकारी दिनु भयो । गाउँ अधिबेशन गर्न बिभिन्न उपसमिति पनि बनाईएको छ । अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । यसैबिच सोमबार नै वाईसिएल मकवानपुरगढी गाउँ पालीका अधिबेशन पनि हुदै छ ।

मुख्य समाचार राजनीति