मकवानपुरगढीमा कांग्रेसबाट निर्वाचित वडा सदस्य लागे एकीकृत समाजवादी तिर

१२ मंसिर,मक्रान्चुली- मकवानपुरगढीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि वडा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं ७ का जननिर्वाचित प्रतिनिधि वडा सदस्य सानुकान्छा मोक्तान कांग्रेस छाडी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । मोक्तान सँगै सोही वडाका मंगलसिं लो र सुनबहादुर लो पनि पार्टीमा प्रवेश भएको नेकपा एकीकृत समाजवादी मकवानपुरगढी गाउँकमिटी अध्यक्ष अर्जुनप्रसाद दाहालले बताए ।

मुख्य समाचार राजनीति