चेतनशील दुग्ध उत्पादक सहकारी संस्थामा सार्वजनिक सुनुवाई

१२ मंसिर,मकवानपुर- हेटौडा–१७ चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थामा आईतवार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । विश्व बैंकको सहयोगमा “दुग्धजन्य व्यवसाय स्वच्छ दुग्ध उत्पादनको लागि गाई भैसी प्रवर्धन कार्यक्रम”को बारेमा जानकारी दिन  सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको संस्थाका ब्यवस्थापक दिपक ढकालले बताएका छन् ।

हेटौडा–१७ नं वडाका वडाध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष महेश बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, आयोजनाका कर्मचारी दीपक बुढा, अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद नेपाल,नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ईन्द्रमणी गौतम , संस्थाका सल्लाहकार लगायतले योजनाबाट किसानहरूले अधिकतम लाभ लिन सक्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाइ हेटौडाको ५० प्रतिशत लगानी रहने सो उप-आयोजनामा बैंक तथा वित्तिय संस्थाको ३० प्रतिशत र लाभान्वित हुने सम्बन्धित सहकारी संस्थाको २० प्रतिशत लगानी रहने कार्यक्रममा जानकारी गराइएको थियो । यस उप-आयोजना अन्तरगत १२ जना किसानहरुले ६० वटा होलस्टेन फ्रिजन तथा वर्णशंकर जातका गाई खरिद गर्नेछन । योजनाको कुल लागत १ करोड ४५ लाख ११ हजार ७४७ रहने व्यवस्थापक ढकालले बताए ।

अर्थ मुख्य समाचार सहकारी