माओवादी केन्द्र मकवानपुरगढीको बैठक यहि १७ गते बस्दै,बैठकले पदाधिकारीको चयन गर्ने

१४ मंसिर , मक्रान्चुली- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरगढी गाउँकमिटीको प्रथम बैठक यहि मंसिर १७ गते बस्ने भएको छ । बैठकले गाउँकमिटी पदाधिकारीको चयन गर्नेछ ।

सोमबार मकवानपुरगढी गाउँपालिका वडा नं ४ को रुद्रबाटिकामा भएको पार्टीको प्रथम गाउँअधिवेशनबाट ४७ जना सदस्यहरु निर्वाचित भएका छन् । जसमध्ये पार्टीको विधान अनुसार ३५ प्रतिशत महिला , २० प्रतिशत युवा , १५ प्रतिशत दलित र अन्यबाट ३० प्रतिशत निर्वाचित भएको गाउँकमिटी अध्यक्ष राजकुमार खड्काले बताए ।

१७ गते बस्ने बैठकले ७ जनाको पदाधिकारी टिम चयन गर्नेछ । जसमा अध्यक्ष १ जना , उपाध्यक्ष ३ जना , सचीव १ जना , कोषाध्यक्ष १ जना र सहसचिव १ जना रहनेछन् । ५५ सदस्यीय हुने गाउँकमिटीमा बैठकले ८ जना मनोनीत गर्नेछ ।

गाउँकमिटीको एकतिहाई हुनेगरी सचिवालय र सचिवालयको एकतिहाई हुनेगरी कार्यालय टिम बन्ने विधानमा उल्लेख रहेको अध्यक्ष खड्काले बताएका छन् ।

नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा सोमबार भएको पार्टीको प्रथम अधिबेशनको उद्घाटनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख रहेको थियो । कार्यक्रममा बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य प्रल्हाद लामिछाने ,वाईसिएल बागमती प्रदेश ईन्चार्ज प्रकाश पाण्डे , गाउँपालीका ईन्चार्ज मानकुमारी पाख्रिन , किसान संगठनका केन्द्रीय सदस्य तथा जील्ला अध्यक्ष यज्ञप्रसाद तिमल्सीना , नेकपा माओवादी केन्द्र जील्ला समन्वय समिति सदस्य कृष्ण प्रसाद चौलागाई, नेकपा एकिकृत समाजबादी मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष अर्जुन दहाल लगायतकाको उपस्थिती रहेको थियो ।

मुख्य समाचार राजनीति