जनतालाई राहत दिन पेट्रोलको मूल्य ८ रुपैयाँ घटाइयो, आजै रातिदेखि लागू हुने


एजेन्सी
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला भारतको एउटा प्रदेश सरकारहरूले जनतालाई राहत दिन प्रेट्रोलको मुल्यमा ८ रुपैयाँ घटाएको छ ।

भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।

सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो । बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ ।

दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तराष्ट्रिय मुख्य समाचार राजनीति समाचार समाज