नेकपा माओवादी केन्द्र मकवानपुरगढीको अध्यक्षमा खड्का चयन

१७ मंसिर , मक्रान्चुली- नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्षमा पुनः राजकुमार खड्का चयन भएका छन् । पार्टीको आज बसेको प्रथम गाउँकमिटी बैठकले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बैठकले गाउँकमिटीमा ७ जना रहनेगरी पदाधिकारी समेत चयन गरेको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा युवराज सापकोटालाई चयन गरिएको छ । उपाध्यक्षमा कृष्ण बहादुर घलान(मुस्कान) र लीलाबहादुर भुलुन भएका छन् । यसैगरी सचीवमा नकुल चौलागाईं , कोषाध्यक्षमा राधिका छत्कुली र सहसचिवमा सोमबहादुर स्याङ्तान चयन भएका छन् ।

गत सोमबार भएको पार्टीको प्रथम गाउँअधिवेशनबाट गाउँकमिटीमा खड्का सहित ४७ जना सर्वसम्मत चयन भएका थिए ।

मुख्य समाचार राजनीति