गठबन्धनमा भागबन्डा पुर्याउन बागमती प्रदेशमा मन्त्रालय फुटाईयो, संख्या १४ पुर्‍याईयो

 

हेटौंडा / बागमती प्रदेश सरकारले सत्ता गठबन्धनमा रहेका सबै दलहरुलाइ भागबण्डा मिलाउन मन्त्रालयहरु टुक्र्याएको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले आफ्नो सरकार टिकाउनकै लागि प्रदेशमा विद्यमान ८ मन्त्रालय फुटाएर १४ मन्त्रालय बनाएको छ ।

नेकपा एकिकृत समाजवादीको नेतृत्वमा रहेको सरकारले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र अन्य साना दल सम्मीलित गठबन्धनलाई बलियो बनाउन र भागबण्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्‍याएको हो ।

मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार