मकवानपुरगढीमा आज पहिलो दिन वडा नं ३ का ४२ जनाको नाम मतदाता नामावलीमा प्रविष्टी

१७ मंसिर , मक्रान्चुली – मतदाता नामावलि संकलन बिशेष कार्यक्रम २०७८ अर्न्तर्गत मकवानपुरगढी गाउँपालिकामा आज देखि कार्य प्रारम्भ गरिएको छ । आज पहिलो दिन वडा नं का ४२ जनाको नाम मतदाता नामावलीमा प्रविष्ट गरिएको सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका प्रमुख मानकुमारी तिमल्सिना (बिमला) ले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका कार्यालयको पुरानो भवन अर्थात् हाल ३ नं वडाकार्यालय रहेको भवनमा कार्यालय स्थापना गरि मतदाता नामावलीमा यस अघि छुट भएकाहरुको नाम प्रविष्टी गराउने कार्य शुरु गरेको छ । मतदाता नामावलीमा यस अघि छुट भएका १६ वर्ष पुरागरी नेपाली नागरिकता लिएका ब्यक्तिहरुले यस कार्यमा सहभागी हुन सक्नेछन् ।

शुभ बिहानी सँगको कुराकानीमा शाखा प्रमुख तिमल्सिनाले आफ्नो गाउँमानै सहज सरल तरिकाबाट फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न सकिने भएकोले सम्बन्धित सबैलाई सक्रिय सहभागीताको लागि अनुरोध गर्नुभएको छ ।

भिडभाड नहोस् भन्ने उदेश्यले प्रत्येक वडाबासीका लागि वडावाईज रुपमा फरकफरक दिन तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । सम्बन्धित वडाबासीले तोकिएको दिनमा कार्यालय मक्रान्चुलीमा उपस्थिति भई अवसरको सदुपयोग गरिदिन प्रमुख पुडासैनीले सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

नाम प्रविष्टी गराउन आउने ब्यक्तिले नेपाली नागरिकताको सक्कली प्रमाणपत्र र त्यसको फोटोकपी लिएर आउनु पर्नेछ । बसाइँसराइ गरि आएको हकमा बसाइँसराइको सक्कलै र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा बिबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिइ आउनु पर्नेछ ।

कार्यालय रहेको वडा बाहेक अन्य वडाका सेवाग्राहीहरुलाई आवतजावत गर्न सहज होस् भन्ने उदेश्यले बस सेवा समेत उपलब्ध गराइएको उहाँले बताउनुभयो । हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म नाम प्रविष्टी गराउने कार्य हुनेछ । आज मंसिर १७ गतेबाट शुरु भएको यो कार्यक्रम आउँदो पौष २ गतेसम्म निरन्तर रलिरहनेछ ।

प्रदेश समाचार मुख्य समाचार