प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन पुस ३ मा हुने

 

हेटौँडा / प्रेस चौतारी मकवानपुर शाखाको जिल्ला अधिवेशन पुस ३ गते हुने भएको छ ।
प्रेस चौतारी मकवानपुरको आज भएको जिल्ला कमिटिको बैठकले पुस ३ गते जिल्ला अधिवेशन गर्ने तय गरेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालले बताए ।

बैठकले अधिवेशनको तयारीको लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ । सम्मेलनलाई भब्य बनाउनको लागि तयारी सुरु गरिएको प्रेस चौतारी मकवानपुरका सह–संयोजक पुष्पराज अधिकारीले बताए ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताईएको छ । बैठकमा प्रेस चौतारी नेपालका बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल, बागमती प्रदेश सदस्यहरु हरिप्रसाद हुँमगाई, देवराज पन्त, दिपेन्द्र रोक्का, पुर्व केन्द्रीय सदस्य सरिता दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय