मंसिर २४ गते राष्ट्रिय युवा संघले हेटौँडामा महाधिवेशन सन्देश सभाको आयोजना गर्ने

 

हेटौँडा / नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा नगरकमिटिले हेटौँडामा सन्देश सभा गर्ने भएको छ ।

चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्देश दिने उदेश्यले सभाको आयोजना गर्न लागिएको युवा संघका हेटौँडा उपमहानगरपालिका कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए ।

एमालेको महाधिवेशनले पारित गरेको घोषणापत्रको विषयमा आम युवा तथा नागरिकलाई जानकारी दिने उदेश्यले सभाको आयोजना गर्न लागिएको अध्यक्ष नगरकोटीले बताए ।

मंसिर २४ गते रोयल पार्टी प्यालेसमा हुने सभाको तयारी तिब्र गतिमा भएको भन्दै नगरकोटीले महाधिवेशनको सन्देशलाई सबै युवा तथा नागरिकमाझ पुर्याउनको लागि सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सभालाइ राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य किरण पौडेलले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा एमालेका केन्द्रीय नेताहरु, बागमती प्रदेश कमिटी, जिल्ला कमिटि, विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताको सहभागिता हुने बताईएको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय