नेकपा माओवादी केन्द्रका जिल्ला सचिव बलराम बल सहित एक दर्जन माओवादी नेता एमालेमा प्रवेश

 

हेटौंडा / नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव बलराम बल सहित माओवादी मकवानपुरका एक दर्जन नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

आज काठमाडौमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गर्दै बल सहितका माओवादी केन्द्र मकवानपुरका प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना जिल्ला नेताहरु नेकपा एमाले प्रवेश गरेका हुन ।

एमाले प्रबेश गर्नेहरुमा राधाकृष्ण रिजाल बसुन्धारा, सुरेन्द्र रिजाल, राज वाइवा, नविन रिजाल, केसर भुजेल, रञ्जन सापकोटा, राधा भुजेल र समिर विष्ट लगायतका छन ।
देश र जनताका लागि काम गर्ने एकमात्र पार्टी नेकपा एमाले रहेको र केपि ओलि जस्तो नेता अर्को सय वर्ष नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताएका छन् ।

नबप्रबेशी नेताहरुले माओवादी केन्द्र मकवानपुरको धेरै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेशका लागि तयार रहेको समेत जानकारी गराएका थिए ।

मुख्य समाचार राजनीति समाचार स्थानीय