प्रदेश युवा परिषद र जिल्ला युवा समितीका अध्यक्षहरुको लागि अभिमुखिकरण कार्यक्रम

 

हेटौंडा / बागमती प्रदेश युवा परिषदको आयोजनामा परिषदको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा परिषद र जिल्ला युवा समितीका अध्यक्षहरुको लागि २ दिने अभिमुखिकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।

परिषदले मंसिर २६ र २७ गते आफ्नो बोर्ड सदस्य र राष्ट्रिय युवा परिषद अन्तर्गत बागमती प्रदेशका १३ वटा जिल्ला युवा समितिका अध्यक्षहरुको लागि अभिमुखिकरणको कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा परिषदले आर्थिक बर्ष २०७८/०७९ मा सम्पन्न गर्ने विभिन्न कार्यक्रम एवं योजनाको संचालन र जिल्ला युवा समितिसङ्गको समन्वयबारे परिषदका कार्यकारी उपाध्यक्ष सन्तोस चौलागाईंले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रिय युवा परिषदका निबर्तमान कार्यकारी उपाध्यक्ष माधब ढुङेलले उधमसिलता, रोजगारी र जिल्ला युवा समितिको परिचालनबारे सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकिय अधिकृत बाबुराम ढुंगानाले युवा परिषदको ऐन, नियमावली र कार्यक्रमबारे सहजीकरण गर्नुभएको थियो ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा परिषदका कार्यालय प्रमुख रमेश घिमिरे, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोस चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रदेश समाचार मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय