केन्द्रिय कमिटीको निर्णयप्रती बिमती राख्दै अखिल क्रान्तिकारीका मकवानपुरका नेताहरूले दिए सामुहिक राजिनामा

 

हेटौंडा / नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरका नेताहरुले सामूहिक राजिनामा दिएका छन् ।
अखिल क्रान्तिकारीका नेताहरुले केन्द्रिय कमिटीको निर्णयप्रती बिमती राख्दै सामुहिक राजिनामा दिएका हुन ।

अखिलको केन्दीय अध्यक्ष पञ्चा सिंहले संगठनको विधान विपरित जिल्लाबाट सिफारिस नगरेको,कमिटीमा जुनियर भूमिकामा रहेका विभिन्न व्यक्तिहरुलाई केन्द्र र प्रदेशमा मनोनित गरेको भन्दै अखिल क्रान्तिकारी मकवानपुरका नेताहरुले एक प्रेस नोट जारी गर्दै आजको दिनबाट केन्द्रीय र प्रदेश कमिटीमा नरहने भन्दै सामूहिक राजिनामा दिएका छन् ।

राजिनामा दिनेहरुमा अखिल क्रान्तिकारीका केन्द्रिय नेताहरु दिनेश सुवेदी,आकाश पाख्रिन,अन्जु तुम्सीङ,श्रवण कुमार बर्तौला,संग्राम बल लामा,प्रदिप शिवाकोटी र पविना लामा रहेका छन् । ।

मुख्य समाचार राजनीति समाचार स्थानीय