धमिले कृषी सहकरी संस्थाको दशौै साधारणसभा सम्पन्न

३ पौष , मक्रान्चुली- मकवानपुरगढी ३ देबिडाँडामा रहेको धमिले कृषी सहकरी संस्था लिमिटेडको दशौै साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज सन्जेलको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ का वडाध्यक्ष भागबत घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले धमिले कृषि सहकारी संस्था जिल्लामै उदाहरणीय सहकारी संस्था रहन सक्ने बताउनु भयो । कृषकहरुको हितमा काम गर्ने यस्ता सहकारी संस्थालाई गाउँपालीकाले पनि सहयोग गर्दै जाने बताउनु भयो।

सहकारीको भबन निर्माण गर्न आर्थिक सहयोग गरिएको र किसानलाई सहयोग पुगोस भन्ने उद्धेश्यले ट्राक्टर समेत बितरण गरेको अध्यक्ष घिमिरेले बताउनु भयो । उहाँले गढी गाउँपालीकाको कृषकलाई तरकारी बिउ भण्डारण गर्न कोल्ड स्टोरको समस्या भईरहेको बेला गाउँपालीकाकै पहलमा संघिय सरकारको ९३ लाख लागतमा डुम्रेकुनामा कोल्डस्टोर भबन बन्न लागेको जानकारी दिनु भयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालीकाका कृषिशाखा प्रमुख चन्द्रकान्त चौधरीले कृषिको बिकास बिना कृषकहरु माथि उठ्न नसक्ने भएकाले कृषकमैत्री नीति निर्माण गरी कृषकहरुलाई गाउँपालीकाले सहयोग पुर्याउदै आएको बताउनु भयो । कृषि अधिकृत चौधरीले कृषकहरुलाई गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ,किसान क्रेडिट काड बितरण , माटो परिक्षण प्रयोग शालास्थापना जस्ता नबिनतम काम सुरु गरेको बताउनुभयो । अधिकृत चौधरीले अब कृषकहरुमा सामुहिकताको भावना आबस्यक रहेको भन्दै खेती योग्य जमिनलाई चक्लाबन्दी गरी सामुहिक खेति सुरु गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष नवराज संजेलले संस्थागत प्रतिबेदन र लेखा समिति संयोजक टिकादत्त घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा २४ लाख ११ हजार ४ सय ३० रुपैया बराबरको कारोबार गरेको छ ।

संस्थाले बचत तथा ऋणका साथै सहकारी उपभोक्ता पसल अन्तरगत रासायनिक मल, बिउ, किटनासक औषधि , अनाज तरकारि तथा फलफुल खरिद बिक्रिबितरणको काम गर्दै आएको छ । संस्थाले कृषि ज्ञानकेन्द्रसंगको सहकार्यमा किसानलाई प्लास्टिक पोखरी ,प्लाष्टिक टनेल कृषि औझार कुलो निर्माणमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष संजेलले जानकारी दिनु भयो । धमिले कृषी सहकरीसंस्थालाई सहकारीसंस्थाका सल्लाहकार तथा संचारकर्मी गोविन्द शर्मा तिमल्सिनाले १० धुर जग्गा नि:शुल्क सहयोग गर्नु भए पछि भबन निर्माणको काम समेत अन्तिम चरणमा पुगेको अध्यक्ष संजेलले जानकारी दिनु भयो ।

भेलामा नियमित बचत तर्फ चन्द्रमान गोले , नियमित किस्ता तर्फ कृष्ण कुमारी अर्याल र नगद कारोबार तर्फ गोकर्ण ओझालाई नगद सहित सम्मानित गरिएको छ ।

कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दाहाल, बाबियोडाँडा टोलबिकास संस्थाका अध्यक्ष राजेश देबकोटा, सरस्वती आधारभुत बिद्यालयका अध्यक्ष प्रेम प्रसाद दाहाल, संस्थाका सल्लाहकार गोविन्द शर्मा तिमल्सिना , संस्थाका संथापक अध्यक्ष अनिरुद्र दाहाल , इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रमुख बद्री राउत लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्था कि ब्यबस्थापक साबित्री न्यौपाने (घिमिरे) ले संचालन गर्नु भएको थियो ।

कृषि समाचार समाचार सहकारी