मकवानपुरगढीमा पौष ४ र ५ गते बालबालिकालाई कोभिड विरुद्धको मोर्डना खोप लगाईने

३ पौष , मक्रान्चुली- मकवानपुरगढीमा यहि पौष ४ र ५ गते बालबालिकाहरुलाई विद्यालयमै कोभिड विरुद्धको मोर्डना खोप दिन लागिएको छ । १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई विद्यालयमै खोप सेवा दिन लागिएको हो ।

२०६१ साल मंसिर देखि २०६६ साल मंसिरसम्म जन्म भएका तथा यस अघि कोभिड विरुद्धका कुनै पनि खोप नलगाएका बालबालिकाहरुलाई मोर्डना खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

जस अनुसार वडा नं १ को रानीसेरा मावी रानीसेरामा यहि पौष ५ गते , वडा नं २ को चण्डिका मावी र बंशगोपाल मावीमा यहि पौष ५ गते र वडा नं ३ को भानु माविमा पौष ४ गते तथा सरस्वती आधारभुत विद्यालयमा पौष ५ गते खोप लगाउने कार्यक्रम तय गरिएको छ । यसैगरी वडा नं ४ मा रहेकोे ज्वालादेवी आधारभुत विद्यालयमा यहि पौष ५ गते , वडा नं ५ मा रहेको शारदा माद्यामिक विद्यालयमा यहि पौष ४ र ५ गते खोप लगाइने स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो ।

यस्तै उहाँले जानकारी दिए अनुसार वडा नं ६ मा रहेको जाल्पादेवी मावी र जनक मावि , वडा नं ७ मा रहेको जनता मावी र बुद्धधर्म आधारभुत विद्यालय यसैगरी वडा नं ८ मा रहेको रुपनारायण मावी र बोखर खोपकेन्द्रमा पनि यहि पौष ५ गते नै खोप लगाइने कार्यक्रम रहेको छ ।

दुबै दिन तोकिएका विद्यालय खोपकेन्द्रहरुमा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोप लगाइने लामिछानेले बताउनु भएको छ ।

मुख्य समाचार समाचार स्वास्थ्य