बागमती प्रदेश युवा परिषदले चितवनमा ३ दिने जनचेतनामुलक कार्यक्रम गर्ने

चितवन / प्रदेश युवा परिषद बाग्मती प्रदेशले राप्तीको भण्डारामा ३ दिने जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।
पौषको दोस्रो साता परिषदले जिल्लामा चेलीबेटी बेचबिखन, महिला हिंसा, जातियता तथा लैङ्गकि बिभेद सुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्ने भएको हो ।

प्रदेश युवा परिषद बाग्मती प्रदेशको आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार चितवनमा कार्यक्रम गर्न लागिएको प्रदेश युवा परिषद बाग्मती प्रदेशले जनाएको छ।

जिल्लामा रहेका बिभिन्न युवायुवतीको उपस्थितिमा हुन लागेको कार्यक्रममा महिला अधिकारकर्मी तथा विभिन्न ब्यक्तिहरुबाट प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक तथा बाग्मती युवा परिषद सदस्य केदार आर्चायले जानकारी दिए ।

कार्यक्रमले महिला हिंसा, जातिय तथा लैङ्गकि बिभेदको न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने लक्ष्य लिएको सदस्य आर्चायले बताए ।
जिल्लामा रहेका नगरपालिका र गाउँ पालिकाका युवायुवतीलाई कार्यक्रममा समेटिने प्रदेश युवा परिषद बाग्मती प्रदेशले जनाएको छ ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय