मकवानपुरमा ५२ विगाह जमिनमा लगाइएको लागुऔषध खेती नष्ट

काठमाण्डौ । मकवानपुर प्रहरीले जिल्लामा करिब ५२ विगाह जमिनमा लगाइएको लागुऔषधको खेती फडानी गरेको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिकामा ३३ विगाहमा लगाइएको लागुऔषध गाँजा र १९ विगाह जग्गामा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । राक्सिराङ वडा नंबर ४ र ५ को विभिन्न स्थानमा लागाइएको गाँजा तथा अफिम खेती फडानी गरेको हो ।

नेपालमा लागुऔषधको खेतीलाई अबैध मानिदै आइएको छ । 

मुख्य समाचार रोचक समाचार समाज स्थानीय