युनिक हर्बल उद्योगको हेटौंडामा १ दिने वर्कशप सेमिनार

✍️अर्जुन संजेल,
५ पौष , मकवानपुर- हेटौंडा ७ मा रहेको युनिक हर्बल उद्योगले उत्पादन गरेको वस्तुबारे जानकारी दिन हेटौंडामा सोमबार एक दिने वर्कशप सञ्चालन गरेको छ । नेपाल व्युटिसियन संघको संयोजनमा भएको कार्यक्रममा मकवानपुरका व्युटिसियन व्यवसायीलाई वस्तु उत्पादनबारे जानकारी दिएको छ ।

नेपाल व्युटिसियन संघ मकवानपुरका अध्यक्ष रिना गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरका उपप्रमुख मिना कुमारी लामाको प्रमुख अतिथ्यतामा वर्कशप सञ्चालन भएको हो ।युनिक हर्बल उद्योग हेटौंडाले व्यटिपार्लर र सौन्द्रर्यसँग जोडिएर उत्पादन गरेको वस्तुबारे जानकारी र त्यस वस्तुको प्रभावकारीबारे जानकारी दिइएको थियो ।

उद्योगका अध्यक्ष रमेशकुमार आचार्यले उत्पादित वस्तुको प्रभावकारिता, उपयोगिता, फाइदा तथा महत्वबारे जानकारी दिइएका थिए । उद्योगले उत्पादित गरेको वर्कशप लक्षितगरी अनुहारमा आएको चायाँपोतोको हटाउन व्युटि केयर पर्सनल फेसियल किटबारे जानकारी दिइएको अध्यक्ष आचार्यले बताए । उनले किट सँगै व्युटि केयर एन्टी स्र्पोट क्रिम र पिम्पल्स फ्रि टोनर व्युटि केयर फेस प्याक पनि बजारमा ल्याइएको बताए ।
स्वदेशी उत्पादनलाई प्रयोग गरौं भन्दै हर्बलको उत्पादनलाई प्रयोग गर्न सबै व्युटिसियन व्यवसायीहरुको जोड रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सौन्द्रर्यकर्मी युनियन नेपाल बागमती प्रदेशका अध्यक्ष गीता मैनाली, नेपाल व्युटिसियन संघ प्रदेश संयोजक तारा कार्की, नेपाल व्युटिसियन संघ मकवानपुरका सचिव सावित्री कार्की लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा नेपाल व्युटिसियन संघ मकवानपुरका पूर्व अध्यक्ष करुणा महत, अरुणा सिंह, बागमती प्रदेश सहसचिव पुजा बस्नेत लामा, राष्ट्रिय सौन्द्रर्यकर्मी युनियन नेपाल मकवानपुरका अध्यक्ष करुणा अधिकारी लगायत मकवानपुरमा व्युटिपार्लर सञ्चालन गर्ने व्यवसायीहरुको सहभागिता रहेको थियो साथै युनिक हर्बल उद्योगले उत्पादन गरेको बस्तु देसको हरेक जिल्लामा पुर्याउने लक्ष्य रहेको अध्यक्ष आचार्यले जानकारि दिनुभयो।

रोचक समाचार