बस्तु आयातमा राष्ट्र बैंकले गर्यो कडाइ, के वैदेशीक व्यापार घाटा घट्ला ?


काठमाडौं । नेपालमा सबै भन्दा ठूलो टाउके दुखाइको विषय वैदेशीक व्यापार घाटा हो । नेपालमा १ रुपैयाको सामान निर्यात गर्दा ७ रुपैयाँको आयात गर्ने गरेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

अब चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ । कात्तिक महिनासम्म उच्च आयातले गर्दा १ खर्ब ५० अर्ब शोधानान्तर घाटा भएको छ । यस्तै ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्ने विदेशी सन्चिती रहेको छ ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार विज्ञान प्रविधि समाचार समाज स्वास्थ्य