प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ बागमती प्रदेश कमिटिको सचिबमा कृष्ण लामिछाने निर्वाचित

 

चितवन / प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ बागमती प्रदेश कमिटिको अधिवेशनबाट मकवानपुरका कृष्ण लामिछाने सचिब पदमा निर्वाचित भएका छन ।

सोमबार चितवनमा भएको संघको प्रथम अधिबेशनबाट केटिएम कन्सल्टिङ ग्रुप हेटौंडाका संचालक लामिछाने सचिब पदमा निर्बिरोध निर्वाचित भएका हुन ।

अधिबेशनबाट लामिछाने सहित मकवानपुर चार जना शैक्षिक परामर्श व्यवसायी सदस्य पदमा निर्वाचित भएका छन । मकवानपुरबाट नेम एजुकेसनका किशोर अर्याल, राईट पाथ हेटौडाका मनिस अधिकारी, सेन्ट्रम एकेडेमिका उमेश हुमागाई र नेम कन्सल्टेन्सिका आलोक श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका छन ।

संघको अध्यक्षमा चितवनका हिम्मत पुरी निर्वाचित भएका छन ।
अल्माईटि ईन्टरनेशनल एजुकेशन सर्भिसका संचालक हिक्मत पुरिको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य देवि ज्ञावलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पम्न भएको हो ।
कार्यक्रममा प्रगतिशील शैक्षिक परामर्श व्यवसायीक संघ केन्द्रिय अध्यक्ष विष्णुहरि पोख्रेलको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय