मकवानपुरगढीमा किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

१२ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा दुई दिने किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आइतबारबाट शुरु भएको कार्यक्रममा हरेक वडाबाट छनौट भएका सहजकर्ता र कृषि प्राविधिकहरुको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका भित्रका ७३८ जना कृषक परिवारलाई किसान सूचीकरण प्रणालीमा आवद्व गरिएकोमा चालु आ.व.०७८/०७९ मा पालिका भित्रका सम्पूर्ण कृषक परिवारलाई सूचीकरण प्रणालीमा आवद्व गराई किसान परिचय पत्र समेत वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भएको छ ।

किसान सूचीकरण कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने चौधरीले बताउनुभयो । उहाँले सम्पूर्ण कृषक समक्ष सहजकर्ता पुग्ने भएकाले यथार्थ विवरण उपलब्ध गराई दिन समेत अनुरोध गर्नुभएको छ ।

कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँई, उपाध्यक्ष हर्कमाया रुम्बा ,प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडाध्यक्षहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कृषि समाचार प्रदेश समाचार रोचक समाचार