माओवादी केन्द्र मकवानपुरका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

काठमाण्डौं । नेकपा माओवादी केन्द्र मकवानपुरका २ दर्जन नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

आज हेटौँडाको नेकपा एमाले पार्टी कार्यलयमा एक कार्यक्रमबिच माओवादी केन्द्रका जिल्ला सदस्य देखी वडा अध्यक्षका उम्मेद्वारहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा वडा अध्यक्षका उम्मेद्वार धर्मराज पुडासैनी, जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्रका नगरकमिटि सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौँडा ८ का वडा सचिव सुजन कार्की, वडा कमिटि सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगाएतका दुई दर्जन माओवादी नेता कार्यकर्ता रहेका छन ।

एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले एमालेमा प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए । समृद्ध नेपाल सुखी नेपाली अभियाजको नेतृत्व एमालेले गर्ने ठानेर आफुहरु एमालेमा समाहित भएको नव प्रवेशीहरुको भनाइृ थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय