हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण- थापा

१३ पौष हेटौंडा- राप्रपा नेपालका पुर्व अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले सो धारणा व्यक्त गरेका हुन् ।

थापाले लेखेका छन् -“बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा,स्वास्थ्य, यातायात,शहरी विकास लगायतका पुर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो छ। संघीय राजधानी काठमाडौं जोडने सुरुङमार्ग निर्माण स्थगितगर्ने वर्तमान प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण छ। यसतर्फ सम्बद्ध सबै पक्षको ध्यान जाओस्”

मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे चयन भए सँगै बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बैठकबाट सुरुङमार्गको निर्माण कार्य स्थगित गर्ने निर्णय भएको थियो । बजेट अभावका कारण सुरुङमार्ग निर्माण स्थगित गर्नुपरेको धारणा राखेका मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर मन्त्रीपरिषदको संख्या भने ८ बाट बढाएर १८ पुर्याएका छन् । सत्ता गठबन्धन टिकाउन मन्त्रालय फुटाउनु परेको मुख्यमन्त्री पाण्डेले बताउँदै आएका छन् ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार