चन्द्रागिरिमा हिमपात


काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ । रातभरी परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।

चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पुरै सेताम्य भएका चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले राससलाई जानकारी दिनुभयो ।

देशभर आज मौसम बदली भई उच्च पहाडी र हिमाली क्षेत्रमा हिमताप भएको छ । अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Uncategorized पर्यटन प्रदेश समाचार मनोरञ्जन मुख्य समाचार